सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका र सफलताको शुभकामना

अध्यक्ष केपी शर्मा ओली

नयाँ वर्ष २०७९ को अवसरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका र सफलताको शुभकामना व्यक्त गरेका छन् ।

ओलीले शुभकाना सन्देशमा सत्ता गठबन्धन र सरकारमाथि आक्रोश पोखेका छन् । नयाँ वर्षको अवसरमा जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन सबैलाई उनले आग्रह गरे ।

उनले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको पनि बताए । यस्तै उनले कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हुने भन्दै किमार्थ स्वीकार्य नहुने बताए ।