Breaking News

विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । कतारमा आयोजना हुने प्रतियोगितामा पहिलो खेलमा आयोजकले इक्वेडरलाई प्रतिद्वन्द्वी पाएको हो ।

फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजनa अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको छ । कतार र इक्वेडरबीच नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ ।

पहिलो दिन थप तीन खेलहरु हुनेछन् । जसमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ‘बी’का दुई खेल हुनेछन् । जसमा इङ्ल्यान्डले इरानसँग खेल्दा यूएसएले स्कटल्यान्डरवेल्स र युक्रेनमध्य विश्वकपमा छनोट हुने टोलीसँग खेल्नेछ ।

कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।

एजेन्सी