Breaking News

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि को लागि नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि को लागि आज खेल हुने भएको छ । उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ ।

यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग लिएको
थियो ।

दुबै प्रतियोगितामा पराजित भएको एनआरटी सिजनको पहिलो मोफसल उपाधि रक्षा गर्ने योजनामा रहेको छ । एपीएफ क्लबले बाग्मती युवा क्लबलाई ४–१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एनआरटीले भने आयोजक नव जन जागृति युवा क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनलअघि प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तानले आफ्नो लक्ष्य उपाधि जित्ने भएको बताएका थिए ।

जीतपुर सिमरा गोल्डकपको १२औं सँस्करणसम्म आइपुग्दा ११ संस्करणमा भाग लिएको एपीएफले हालसम्म उपाधि जित्न सकेको छैन् । दोस्रो संस्करणमा फाइनलमा पुगेको एपीएफ हिमालयन शेर्पासँग पराजित भएको थियो ।