सुनको मूल्य १३ सयले घट्दै प्रतितोला ९९ हजार २०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो । जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ ।

प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ । यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ ।

हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा आइपुगेको छ ।