अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बस्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बस्दैछ । सानेपास्थित हेरिटेज गार्डेनमा साधारणसभा हुनेछ । एन्फाले यसअघि स्थगित विशेष साधारण आज हुन लागेको हो । एन्फाले प्राविधिक कारण देखाउँदै फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा स्थगित गरिएको थियो ।

साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरुमा छलफल हुने बताइएको छ । एन्फाका निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ ।