Breaking News

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको तयारी

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको तयारी रहेको छ । कम्पनीले यहीँ फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
एकसय रुपैयाँ अंकित ८ लाख २८ हजार ७५० कित्ता मध्ये ०।५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुनिश्चित गरिएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयरका लागि भने सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन
सक्नेछन् ।

यद्यपि, लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

फागुन ११ गतेदेखि निष्काशन हुने कम्पनीको आईपीओ मा इच्छुक लगानीकर्ताले छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म ९तोकिएको समयमा माग गरे बमोजिम आवेदन नपरेमा० आवेदन दिन सक्ने छन् । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ प्राप्त गरेको छ ।