Breaking News

नारायणहिटि दरबार संग्रहालय प्रकरण : यथार्थ ,भ्रम र सेटिङ

हाल सर्बाधिक चर्चा र बिबादित यस नारायणहिटि दरबार संग्रहालय प्रकरण लामो समयदेखि बिभिन्न आमसंन्चार माध्यम र आम जनचासोको बिषय भएकाले म त्यसको टेण्डर प्रकियामा सहभागी भएको नाताले मेरो अनुभव ,त्यसका यथार्थ ,भ्रम र सेटिङ को वास्तविकता सम्बन्धि केहि जानकारि दिन चाहान्छु । नारायणहिटि दरबार संग्रहालयमा निर्माणधिन रेष्टुरेण्ट संचालन र बतास अर्जनाइजेसनको चर्चा आउनु अघि यसबारे उत्पन्न भ्रम र यथार्थ बारे जान्नु आवश्यक छ। कसरि योग्यलाई अयोग्य र अयोग्यलाई योग्य बनाउन कर्मचारीले सेटिङ गर्छन त्यसको यथार्थ जानकारी दिन चाहान्छु।

नेपाललाई बिश्व माझ चिनाउने त्यस ऐतिहासिक नारायणहिटि दरबार तत्कालीन राजा , महाराजा को दरबार भएकाले स्वदेशी तथा बिदेशी अवलोकनकर्ताको लागि निकै आकर्षण र महत्वपुर्ण रहेको छ । त्यहाको अवलोकन गरेपछि अवलोकनकर्ताले त्यहि बसी चिया, कफी र खाजा खान खोज्नु स्वभाबिक हुने र जुन बिषय संसार भरिका संग्रहालयमा क्याफेटेरिया हुनु अन्तर्राष्ट्रिय अभ्यास पनि भएकाले त्यस दरबार संग्रहालय परिसरमा निश्चित स्थान र क्षेत्रफलमा क्याफेटेरिया खोल्न खोज्नु जायज थियो । त्यसै अनुरुप गत बर्ष संग्रहालय बिकास समितिले क्यान्टिन संचालन सम्बन्धि टेण्डर आव्हान गर्यो । हामीलाई के लाग्यो भने सामान्य क्यानटिन आवश्यक रहेको र त्यहा राम्रो संग क्याफे संचालन गर्न बिषयमा मेरो तत्कालिन यस जोकर्स रेष्टो एण्ड लाउन्जले पनि टेण्डर प्रकिर्यामासह भागी जनाएको थियो । टेण्डर फर्म ६/७ वटा कम्पनीले खरिद गरे पनि अन्त्यमा प्रतिस्पर्धा बतास ग्रुप र मेरो कम्पनि बिच मात्रै थियो । बतासले नै टेण्डर पाउने गरि आव्हान गरिएको भन्ने सहज लागेको थिएन तर जसरि बिना कारण जबरजस्ति ढंगले प्राबिधिक रुपमा असफल बनाउन कर्मचारी एकोहोरो लागि परेका थिए र एकआपसमा कानेखुसी गर्दै थिए ,त्यति बेलाचाहि मेरो मनमा कर्मचारी प्रति आशंका उत्पन्न भएको थियो । सेटिङको राम्रो गन्ध आउन थालेको थियो किनकि मेरो कम्पनिलाई पन्छाउदा बतास ग्रुपको प्रतिस्पर्धा कोहि पनि नहुने र बाकि ३ वटा फर्म बतास समुह अन्तरगतका मात्र रहने भएकाले कर्मचारी एकोहोरो मलाई पन्छाउन लागेको करा बुझ्न गाह्रो थिएन ।

त्यस नारायणहिटि दरबार संग्रहालय बिकास समितिले टेण्डर प्रक्रियामा भाग लिन प्राबिधिक र आर्थिक गरि दई वटा छुट्टा छुट्टै सिलबन्दी खाम मागेको थियो । २०७७ साल श्रावनको २६ गते ३५ दिने सुचना गोरखापत्रमा प्रकाशित भयो तर पछि लकडाउनका कारणले २१ दिन थप गरि असोज १९ गते त्यस कार्यलयका तत्कालीन कार्यकारि निर्देशक ,उपसचिव,  लेखा प्रखुख, पुरातत्व बिभागका कर्मचारी ,बतास ग्रुपका र मेरा प्रतिनिधि बसि पहिला प्राबिधिक सिलबन्दी खाम खोलियो जसमा मेरो सबै प्रकिया पुगेको तर बैक भौचर नभएको भनि कर्मचारीले ऐकोहोरो निर्णय गर्न लाग्दा मेरो बैक भौचर आर्थिक सिलबन्दी खाममा छ भनि अडान लिए र खामको बाहिर बैक भौचर एक थान लेखेको पनि देखाए त्यसका बाबजुत पनि कर्मचारी को दुस्साहस घटेन बरु ऐकोहोरो असफल भनि टिप्पणी उठाए र बतास कम्पनिलाई सहज बनाई दिए तर मैले बैक भौचर र फिर्ता गरेको चेक सुरक्षित राखेको छु ।

नारायणहिटि दरबार संग्रहालय प्रबेश गर्ने दक्षिण पट्टिको प्रबेशद्वार नजिक समितिको स्वामित्वमा रहेको कुल २१७०.०२ बर्ग फिट क्षेत्रफल मा फैलिएको रातो घर र त्यसको छेउका शैचालय मात्र भनि टेण्डर फर्ममा स्पष्ट उल्लेख गरिएता पनि तत्कालीन कार्यकारी निर्देशकको स्वार्थका कारणले त्यत्तिको संरचना तयार पार्न एकलैटि अनुमति दिएको देखिन्छ जबकि क्यान्टिन को क्षेत्रफल र स्थान स्पष्ट भएता पनि नयां संरचना निर्माण भईरहदा पनि बिकास समितिका तत्कालीन कार्यकारी निर्देशकले संग्रहालयको सम्पति संरक्षण गरेनन् बरु मलाई नटेरि एकलैटि तवरले बतासले काम गरेको भनि कुप्रचार गरे।रोचक कुरो के देखियो भने सम्झौता भन्दा बढि लगभग ७० हजार बर्ग फिट गैर कानुनि हिसाबले अतिक्रमित हुदा चुइक्क नबोल्ने तत्कालिन मन्त्रालयका सचिब र कार्यकारी निर्देशक मुख्य दोषि हुन। सामान्य तवरले हेर्दा कार्यकारी निर्देशक भन्दा माथिका तालुक अड्डा को पनि जोडबल रहेको बुझिन्छ । अर्को रोचक कुरा के हो भने नयां मन्त्री र सचिब आउने बित्तिकै त्यस नारायण हिटिको सबैले भ्रमण गरेका छन तर कसैले संरचना बनेको देखेनन जब समाचार बन्यो अनि मात्र देखे ।

राज्यले आफ्ना सम्पति भाडामा दिदा तत्कालीन चलनचल्तीको बजार मुल्यलाई आधार मान्दा बढि भाडादर हाल्ने कम्पनिले पाउने प्राबधान भए पनि त्यसो गरिएन ,जुन कुरा जायज थिएन जबकि सम्पूर्ण प्रकिया पुरा गरि अरु भन्दा लगभग रु ८ हजार ५०० बढि हालको थियो मेरो कम्पनिले ,यदि स्वच्छ तरिकाले टेण्डर खोलिएको भए मेरो कम्पनिलाई ठेक्का स्वतः पर्ने थियो तर त्यसो नगरि योग्यलाई अयोग्य बनाउन लागि परे ,जस्को जबाफ हालसम्म पनि ति कर्मचारी संग छैन । क्यान्टिनको मासिक भाडा न्युनतम रु २,२०,४४०.२६ पैसा निर्धारित गरि टेण्डर आव्हान गरिएको मा होटल आनन्दले रु. २,२०,५०० ,एसोसिएटले रु.१,६०,००० र बिपिएसले रु २,२१,६१८ रुपियाँ राखेको थियो र त्यहि बिपिएस लाई रु .२ ,२१,६१८ मा ठेक्का दिइयो । कर्मचारीको सेटिङ पनि गजब्बकै रैछ जबकि ६.३४ आनामा चर्चेको रातो घर र
रु २,२१,६१८ मा सम्झौता गरि लगभग १५ रोपनि जग्गा रेष्टुरेण्ट बनाउन (नयां संरचना ) अनुमति दिए ,सम्झौतामा यदि थप क्षेत्रफल माग भएमा रु ३५ का दरले प्रति बर्ग फिट थप (रकम) हुने भन्ने थियो जसमा १५ रोपनि को लगभग ७० हजार बर्ग फिट हुन आउछ र त्यसको भाडा कम्तिमा रु २७ लाख भन्दा बढि हुन आउछ यसबाट कर्मचारी ले सरकारी सम्पति कसरी दुरुपयोग गर्छन भन्ने बुझ्न कठिन छैन

मेरो यस कम्पनिले असोज १९ गते बिहान १०:४५ मिनेट जादा नयाँ बजार स्थित राष्टिय बाणिज्य बैकको शाखाबाट त्यस नारायणहिटि बिकास समितिको ठमेल शाखाको खातामा रु.५८००००। (जम्मा गरेको थिए र जसको सक्कल प्रति आर्थिक सिलबन्दी खाममा राखेको थिए र खाम बाहिर बैक भौचर एक थान भनि उल्लेख गरेको थिए । किन बैक भौचर आर्थिक खाममा हुन्छ त्यसको यथार्थ भन्न चाहान्छु । प्राबिधिक प्रस्ताबा भाडादर उल्लेख गर्ने कुनै सर्त उल्लेख थिएन तर आर्थिक प्रस्ताबमा चाहि भाडादर र क्षेत्रफल उल्लेख गरिएको थियो ,सामान्य ठेकेदार लाई पनि थाहाहुने कुरो के हो भने जसमा भाडादर उल्लेख हुन्छ त्यसैमा आफुले कबोल गरेको कुल रकमको बार्षिक हुन आउने १० प्रतिशत बराबरको रकम हो जुन आर्थिक खाममा राख्दा मात्रै त्यो योग्य हुन्छ यदि प्राबिधिकमा राखिएमा स्वतः रद्द हुन्छ तर त्यस संगाहलयका कर्मचारी ले गलत नजिर स्थापित गरे । जुन तरिकाले त्यहाका कर्मचारी ले ऐकोहोरो निर्णय (खरिद ऐनको दायरालाई ल्याएर) गरे यसबाट के स्पष्ट हुन्छ कि पैसाका लागि काम गरे कि त भने खरिद ऐनको सामान्य जानकारि पनि रैन रैछ ।

त्यहाका कर्मचारी को गलत निर्णय का कारण दायरा भन्दा बाहिर गएर १५ रोपनि जग्गा र बंकर समेत कब्जा गरेको समाचार बन्यो र पछि मन्त्रालयबाट गठित कमिटिले पनि अतिक्रमित भएको भनि ठहर गर्यो र दोषीलाई कारबाही को लागि माग गर्दे अख्तियार मा पत्र पठायो ।यसमा कर्मचारी को नियत सकारात्मक देखिन्दैन र कसरि आफ्नो पदको र सरकारी सम्पत्ति को चरम दुरुपयोग गर्छन भन्ने कुरा नि स्पष्ट हुन्छ । यस्ता खराब नियत भएका कर्मचारी एबंम संग्रहालय जो कोहि लाई समन्धित निकायले अनुसन्धान गरि कानुनि दायरामा ल्याउनु पर्छ भन्ने मेरो अनुरोध छ ताकि भोलिका दिनमा जो कोहिले पनि यस्ता हर्कत गर्न हिम्मत नगरोस साथै राज्यका संम्पति संरक्षित रहुन ।

                         (लेखक : कार्की मेधा किचेनका संचालक हुनुहुन्छ ।)

लेखक : सुभास कार्की, तत्कालिन जोकर्स रेष्टो एण्ड लाउन्ज संचालक