२२ माघ, काठमाण्डौ । समाजवादी प्रेस संगठन नेपालको देशैभरी जिल्ला भेला चलिरहेका छन् । काठमाण्डौं उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुर मध्य भत्तपुर र ललितपुरको जिल्ला भेला यसअघि सम्पन्न भइसकेका छन् भने आज काठमाडौं जिल्ला भेला सम्पन्न गरिएको छ । काठमाण्डौंको नयाँबानेश्वरस्थित जनता डबलीमा सम्पन्न गरिएको भेलामा काठमाण्डौ जिल्लाका उल्लेख्य पत्रकारहरुको बाझमा काठमाण्डौं जिल्लाको भेला भव्य रुपमा सम्पन्न भएको छ । सम्पन्न भेलाले भीम लामाको अध्यक्षमा सर्वसम्मत रुपमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
अन्य कार्यसमितिहरुमा : उपाध्यक्ष सुविन्द्र श्रेष्ठ, उपाध्यक्ष (महिला) लक्ष्मी चौलागाई, सचिव योगेन्द्र चौलागाई, सह-सचिव रुपचन्द्र महर्जन, सहसचिव (सभावेशी) गणेश वि.क. कोषाध्यक्ष सुजन पाख्रिन सदस्यहरुमा मेनुका कार्की, सुसन भट्टराई, बद्री चौलागाई, स्यारोन घिसिङ, सुनकुमारी थिङ, राजकुमार सुब्बा, रामचन्द्र रम्तेल, यमन मुन्द्रेली र डिक श्रेष्ठ रहेका छन् ।
नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यता कार्यक्रममा अतिथिमा संगठनका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शम्भु श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य अशेष घिमिरे, पार्टीका काठमाडौं जिल्ला समिति अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्की, सगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिश्वमणी सुवेदी, उपाध्यक्ष शन्तराम बिडारी, महासचिव भुपराज खड्का, उपमहासचिव रामकुमार एलन, सचिव गोबिन्द चौलागाई तथा संगठनका केन्द्रीय सदस्य, पार्टी सम्बद्ध जनवर्गीय संगठनका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थितिमा गरिब ४ घन्टा चलेर सम्पन भएको छ । भेलामा प्रमुख अतिथि, अतिथि संगठनका केन्द्रीय पदाधिकारीले शुभकामना मनतव्यका साथै संगठनलाई जुझारु र पत्रकार महासंघको प्रमुख संगठन बनाउनको लागि जोड दिएका
थिए ।
समाजवादी प्रेस संगठनले देशैभरीका जिल्ला, प्रदेश, क्षेत्रीय तथा उपत्यकाका भेला सकेर आउँदो फागुन ७ गते राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको छ ।