एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित

एजेन्सी

युवा फरवार्ड किलियान एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ ।

चौथो टायरको वेन्समाथि ४-० को जित निकाल्दै पीएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएकाे खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसपछि ५९, ७१ र ७६ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।