फिल्म ‘म’ को हिजोदेखि काठमाडौँमा छायाङ्कन सुरु

फिल्म ‘म’ को फ्लोरमा निस्किएको छ । सुवर्ण थापाको निर्देशन रहने फिल्मको सोमबारदेखि काठमाडौँमा छायाङ्कन सुरु भएको हो । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा भएको दुई वर्षपछि छायाङ्कन सुरु भएको हो ।

प्रकाश पुरीको लेखन रहेको फिल्ममा नरेन खड्का, सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामिछाने, रुविना थापा, प्रमोद अग्रहरी, नीराजन प्रधान लगायतको मुख्य भूमिका रहनेछ । विमला गुरागाईं निर्माता रहेको फिल्मले सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक थापाले बताए । हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका अभिनेता नरेन ‘म’ मा आबद्ध भएका हुन् ।