पचालझरना गाउँपालिका कृषकहरुको बैंक खातामा गाउँपालिकाले ९ लाख रकम दाखिला

४ मंसिर, कालिकोट । गाउँपालिकाको लोक प्रिय कार्यक्रम (गोठालो भत्ता) गाउँपालिकाका कृषकहरुको बैंक खातामा गाउँपालिकाले ९ लाख रकम दाखिला गरेको छ । पचालझरना गाउँपालिका सुचना प्रविधि प्रमुख प्रकाश कठायतले कदर न्यूजलाई बताए अनुसार पालिकास्तरका कृषिकलाई प्रोत्साहन र कृषि पेशमा अझैं प्रेरणा दिलाउने काम गर्ने उनले
बताए ।

गाँउपालिका भरिका व्यावसायिक रुपमा ५० देखि माथि भेडा, बाख्रा पालन गरिरहेका सबै कृषकहरुको तथ्याङ संकलन गरि आ.ब. २०७६/०७७ देखि पोत्साहन भत्ता स्वरुप संख्या ५० देखि माथि १०० सम्म भेडा, बाख्रा पाल्ने कृषकलाई मासिक रु १००० र १०० देखि माथि भेडा, बाख्रा पाल्ने किसानलाई मासिक रु २०००। दरले सम्बन्धित कृषकहरुको बैक खातामा प्रोत्साहन भत्ता प्रदान गरिएको कुरा कठायतले बताए।

आ.ब.२०७७/०७८ मा मासिक रु १००० पाउने कृषक ६५ जनालाई १२ महिनाको ७८००००। सात लाख असी हजार । मासिक रु २००० पाउने कृषक ५ जनालाई १२ महिनाको १२०००० एक लाख बीस हजार गरी कुल रकम रु ९०००००। नौं लाख कृषकको खातामा जम्म भईसकेको पचालझरना गाउँ पालिका पशु विकास शाखाले जनाएको छ । त्यस्तै
अनुसार यस अघि निवेदन दिएका र स्थलगत अनुगमन पछि ६५ जना कृषकलाई मासिक एक हजारका दरले एक वर्षको ७ लाख ८० हजार, मासिक २ हजा र पाउने ५ जना लाई एक वर्षको एक लाख २० हजार गरेर कुल ९ लाख रकम भुक्तानी गरिएको बताएको छ ।

त्यस्तै ५० देखि मा थि १०० सम्म भेडा, बाख्रा पालक कृषकलाई मासिक एक हजा र र १०० देखि माथि भेडा , बाख्रा पाल्ने कृषकलाई मासिक २ हजार दिदै आएको छ । कृषकहरुलाई सुधारिएको खोर तथा उन्नत जातका भेडा तथा बोका समेत वितरण गरेको पशु विकास शाखाले बतायो । साथै विगत ४ वर्ष देखि गोठालो भत्ता दिदै आएको पशु विकास शाखाले बताएको छ ।