Breaking News

अविश्वास प्रस्ताव राख्ने हैसियत नभएका शाही मुख्यमन्त्रीको कुर्चिमा

१७ कात्तिक, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिवन बहादुर शाही नेपाली काँभित्रका जल्दाबल्दा हस्ति मात्र नभएर कर्णालीमा काँग्रेस पार्टीका प्रमुख व्यक्ति हुन् । कर्णाली प्रदेशको हुम्लामा जन्मेर पनि उनको परिवार खानदानीकै नम्बरमा पर्दछ । पञ्चायतकालदेखि नै राजनीतिमा होकिएका उनी केन्द्रको पर्यटन तथा सस्कृति मन्त्री समेत बनिसकेका छन् । केन्द्र सम्मको राम्रै हैसियत पार्टीमा पकट राख्न सक्ने शाही २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशको मुख्यमन्त्री हुने आशमा संघलाई छाडेर कर्णाली प्रदेशको हुम्ला जिल्लाको ख बाट नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

कर्णाली प्रदेशको २४ प्रत्यक्ष निर्र्वाचन क्षेत्र मध्य नेपाली काँग्रेसले १ मात्र सिट जितेको थियो त्यो पनि हिजो मात्र कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका जिवनबहादुर शाही । कर्णालीको मुख्यमन्त्रीको दाउको आसमा प्रदेशसभामा झरेका शाहीको सपना चकनाचुर भएको थियो । शाहीले नेपाली काँग्रेसको तर्फबाट एक मात्र सिट जितेर साख जोगाएपनि प्रतिपक्षको तर्फबाट अविश्वासको मत समेत राख्ने हैसियत थिएन । कर्णाली प्रदेशमा ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका ६ सांसद छन्, त्यसमा प्रत्यक्ष निर्वाचित हिजो मात्र कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका शाही मात्र थिए ।

कर्णाली प्रदेशको पहिलो प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा शाहीले , ‘हामीलाई पाँच वर्ष सरकार चलाउने होइन, प्रमुख प्रतिपक्षमा बसेर खबरदारी गर्ने जनादेश दिएकोे छ त्यसैले हामी जनादेशको पालना गरेर प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताएका थिए ।

कर्णाली प्रदेशको प्रदेशसभामा प्रमुख प्रतिपक्षीका रुपमा निकै कमजोर र रक्षात्मक अवस्थामा पुगेको कांगेसले सरकार गठन के सरकार बनाउने हैसियत सम्म पनि राख्ने अवस्था थिएन । जो आजै तिनै कर्णाली प्रदेशको प्रदेशसभामा सरकार बनाउने हैसियतको अवस्थामा पुगेका छन । प्रदेशसभाको अर्को चुनाव आउन करिब एक वर्ष जित अवधि रहेको बेला उनै कर्णालीमा सरकारको नेतृत्व गर्ने अवसरमा पुगेका छन् ।

मुख्यमन्त्री शाहीलाई कर्णाली प्रदेशको सरकार निर्माण गर्न र मुख्यमन्त्री बन्ने अवसर भने कम्युनिष्टहरुले नै दिलाएका
छन् । प्रमुख प्रतिक्षको कुनै हैसियत समेत नलाग्ने कर्णालीमा उनै आज बहुमत प्राप्त कम्युनिष्टलाई साइड लगाउँदै कर्णाली प्रदेशको सत्ताको कुर्चिमा बस्न सफल भएका छन् ।

२०७४ सालको प्रदेश निर्वाचनमा कर्णाली प्रदेशमा ४० सदस्यीय प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ३३ सिट थियो । तर त्यो एकतालाई पचाउन नसकी साविककै पार्टीमा परिणनत भएपछि ३३ सिटबाट २० र १३ मा झरेका थिए । पछि एमालेका २० बाट झरेर १२ र ८ मा परिणनत भएका कम्युनिष्टहरु चिराचिरा भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग सत्ता समझदारी गरी आफनो सरकार ठड्याउन सफल भएका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काँग्रेससँगको सत्ता समझदारी अनुसार हिजो सत्ताकोे साँचो काँग्रेसलाई सुम्पेका छन् ।

लेखक : समर रोकाया