राजस्व अनुसन्धान विभागले झुट्टा तथा मूल्य अभिवृद्धि कर तिरेको नक्कली विजक प्रयोग गरी भन्सार चोरी पैठारीमार्फत राजस्व चुहावट गरेको कसुरमा एकैदिन १७ वटा मुद्दा दर्ता गरेको छ ।
विभिन्न फर्मका संचालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तहरूबाट २ अर्ब ३६ करोड ४५ लाख बिगो असुलउपर गरी जरिवाना र हदैसम्मको कैद सजाय समेत माग दावी गर्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।