महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार

२ कात्तिक, धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा फसेका पाँचजनाको आज साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ।

कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको हो ।

उनका अनुसार नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुबाट रुखमा चढेको अवस्थामा सकुशल उद्धार गरिएको हो ।