फ्रेञ्च लिग वानमा पिएसजी लगातार पाँचौ खेलमा विजयी

फ्रेञ्च लिग वानमा पिएसजी लगातार पाँचौ खेलमा विजयी भएको छ। लगातार जित निकाल्ने क्रममा पिएसजीले शनिबार राति क्लेर्मोन्टलाई ४-० गोलले पराजित गर्‍यो।

खेलमा क्लबका स्टार खेलाडीद्वय लिओनल मेसी र नेइमार अनुपस्थित थिए। दुवै जना विश्वकप छनोटका लागि स्वदेश फर्किएका थिए।

पिएसजीको जितमा हेरेराले दुई गोल गरे। उनले खेलको २० र ३१ मिनेटमा गोल गरेका थिए।

केलियन एमबाप्पेले ५५ मिनेटमा अर्को गोल थपेका थिए।

यस्तै गेयले ६५ मिनेटमा चौथो गोल गरे।

लिगमा पिएसजीले लगातार पाँच जितबाट १५ अंक जोडेको छ।