गुल्मीमा तीन वर्षकी बालिक मृत वस्थामा

२७ भदौ, गुल्मी । लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा तीन वर्षकी बालिक मृत भेटिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर(२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रदास पाण्डेले बताएका छन् ।

बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आज आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत फेला पारेको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।