नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १.५४ अंकले बढेर ३ हजार १०९.६६ विन्दुमा पुगेको बजारमा हाइड्रोपावर समूहको मात्र सूचक ३.३५ प्रतिशतले वृद्धि भएको छ ।
तर, यस दिन यता हाइड्रोपावर, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा जस्ता साना कम्पनीहरुको उपसमूहहरु चम्किरहँदा उता ठूला कम्पनीहरुको सेयर मूल्यमा भने ब्रेक लागेको छ ।
नेप्सेका अनुसार यस दिन बैंकिङ, ट्रेडिङ्ग, होटल तथा पर्यटन, म्युचुअल फण्ड, लगानी लगायतका क्षेत्रहरुको बजार खस्किदा सेन्सेटिभ इन्डेक्समा २ अंक माथिको गिरावट आएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स अधिकतम २.०५ अंकले घटेर ५७५.९५ विन्दुमा झरेको छ ।
यद्यपि, गत आइतबारको तुलनामा कारोबार रकममा भने यस दिनपनि खासै कमी नआएको नेप्सेले जनाएको छ ।
यस दिन कुल २२४ कम्पनीका साढे २ करोड कित्ता माथिको सेयर १ लाख २८ हजार बढी पटक बजारमा किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाखको कारोबार भएको छ ।
आइतबार ०.६६ अंकले बढेको बजारमा १४ अर्ब ३० करोड ८१ लाख बराबरको कारोबार भएको थियो ।