सेयर बजारबाट एक वर्षमै १४ अर्ब ६ करोड रूपैयाँ पुँजीगत लाभकर

सेयर बजारबाट एक वर्षमै १४ अर्ब ६ करोड रूपैयाँ पुँजीगत लाभकर उठेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा १४ अर्ब ६ करोड पुँजीगत लाभकर उठेको हो।

एक वर्षमा उठेको यो पुँजीगत लाभकर अहिलेसम्मकै उच्च रहेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष जम्मा ९७ करोड मात्रै यस्तो लाभकर उठेको थियो।

‘सेयर बजार बढ्दा पुँजीगत लाभकर पनि स्वभाविक रुपमा बढ्ने गरेको पाइन्छ’ न्यौपानेले भने। गत जेठ मसान्तका दिन सेयर बजार अहिलेसम्मकै उच्च अंक ३०२६ अंकमा पुगेको थियो। हाल बजार २८८३ अंकमा छ। सेयरको मूल्य बढेपछि बेचेर आएको नाफामा ५ प्रतिशत पुँजीगत लाभकर काटिँदै आएको छ।

उठेको पुँजीगत लाभकर ९५ प्रतिशतलाई आधार मानेर० हिसाव गर्दा एक वर्षमा सेयर कारोबारीले २ खर्ब ८१ अर्ब २० करोड रुपैयाँ खुद नाफा बुक गरेका छन्। यो व्यक्तिगत कारोबारीले मात्रै बुक गरेको नाफा हो। संस्थागत लगानीकर्ता ९सामुहिक लगानी कोष०ले बुक गरेको नाफा यसमा जोडिएको छैन।
अब पुँजीगत लाभकर साढे ७ प्रतिशतसम्म लाग्ने
यस आर्थिक वर्ष ९आइतबारदेखि० भने साढे ७ प्रतिशतसम्म पुँजीगत लाभकर काटिने व्यवस्था मिलाइएको छ। कारोबारीरलगानीकर्ताले आफ्नो सेयर बिक्री गरेपछि हुने मूल्यको नाफामा पुँजीगत लाभकर तिर्नुपर्छ।

हिजोसम्म सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशतसम्मको पुँजीगत लाभकर काटिएकोमा बजेटले गरेको व्यवस्थाअनुसार आर्थिक वर्ष २०७८र७९ देखि सेयर होल्ड गरेको अवधिअनुसार साढे ७ प्रतिशतसम्म पुँजीगत लाभकर तोकिएको छ।

अब किनेको १ वर्षभित्रै सेयर बिक्री गर्नेहरुलाई साढे ७ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। भने सेयर किनेको १ वर्षपछि बिक्री गरेमा भने ५ प्रतिशत नै पुँजीगत लाभकर लाग्नेछ।

सेयर लगानीकर्ताले अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याएर दीर्घकालीन लगानीकर्ताका लागि पुँजीगत लाभकर घटाउन आग्रह गर्दै आएका थिए। तर सरकारले बजेटमार्फत दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशतको पुँजीगत लाभकर यथावत राखी अल्पकालीन लगानीकर्ताका लागि बढाएर साढे ७ प्रतिशत तय गर्यो।