अर्थमन्त्री जनादैनद्धारा श्वेतपत्र घोषणाको जानकारी

१ साउन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने जानकारी गराएका हुन् ।

‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर श्वेतपत्र ल्याइने छ ।

मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले देखाएको अवस्थालाई श्वेतपत्रमा समेटिने जानकारी दिए । उनले आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने बताए ।