बहिर्गमित जनमुक्ति सेना नेपालको पदाधिकारी र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) बीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र बहिर्गमित जनमुक्ति सेना नेपाल बिच आज सिंहदरबारमा भेटघाट भएको छ । भेटको अवसरमा विगत लामो समयदेखि बहिर्गमित जनमुक्ति सेना नेपालले उठाउदै आएको माग मुद्दाको विषयमा छलफल भएको अध्यक्ष रमेश बसेल (करण) ले कदर न्यूजलाई जानकारी दिनुभएको छ ।

अध्यक्ष करणका अनुसार बहिर्गमित जनमुक्ति सेनाले निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलि नेतृत्वको सरकारले मिति २०७७ साल माघ ११ गते मन्त्रीपरिषद बैठकले गरेको निर्णय नम्बर ९ संविधानको धारा ४२ को उपधारा ५ मा उल्लेखित कुराहरू मध्ये लोकतन्त्रका योद्धा सम्मान कार्यक्रमको सुरुवात मिति २०७८ साल बैशाख १ गते देखी भएको र आर्थिक वर्ष २०७८र७९ को प्रस्तुत बजेटमा उल्लेख भएका विषयहरु जसमध्ये नेपालमा अग्रगामी लोकतान्त्रिक प्राप्तिका लागी भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, बेपत्ताका परिवार, लोकतन्त्रक योद्धा, द्वन्द्वपीडित, विस्थापित परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेको अभिलेखिकरण गरि सहयोग, सम्मान र संरक्षण गरिनेछ र सहुलियतपूर्ण कर्जा उपलब्ध गराई स्वोरोजगार बन्न प्रेरित गरिने कुरा उल्लेख रहेको विषयमा अर्थ मन्त्री जनार्दन शर्मालाई जानकारी गराउदै उक्त निर्णय स्वागतयोग्य रहेकले स्पष्ट खाका सहितको कार्यविधि बनाइ तत्काल कार्यन्वयन गर्नुपर्ने माग गरिएको थियो।

जवाफमा अर्थमन्त्री मन्त्री जनार्दन शर्मा (प्रभाकर) ले तपाईहरुको मागप्रति म चिन्तित र सकारात्मक रहेको र यस बिषयमा आफुले पनि सहयोग गर्ने बचन दिंदै छिट्टै अर्को भेट्मा बृहत् छलफलका साथ माग पुरा हुने आश्वासन समेत दिएको जनकारी बहिर्गमित जनमुक्ति सेना नेपाका अध्यक्ष रमेश बसेलले बताए ।