Breaking News

स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थानमा प्रवेश

१६ असार,काठमाडौं । युरोकप फुटबलको हिजो राती भएको खेलमा युक्रेन पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल गरे । स्वीडेनका लागि एमिल फोर्सवर्गले एक गोल फर्काए ।

रोमाञ्चक खेलको १२०औं मिनेटमा अर्टिमले निर्णायक गोल गर्दै युक्रेनलाई जित दिलाए ।

निर्धारित ९० मिनेटको खेल १(१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

त्यसअघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । यार्मोलेन्कोको तर ४३ औं मिनेटमा फोर्सवर्गले स्वीडेनका लागि बराबरी गोल फर्काएका थिए ।

यस्तै खेलको ९८ औं मिनेटमा मार्कुस डानिलसनले रातो कार्ड पाएपछि स्वडेन १० खेलाडीमा समेटियो ।

यस जितपछि युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बन्दा स्वीडेन भने बाहिरिएको छ । पहिलो पटक युरोको समूह चरण पार गरेको युक्रेनले नकआउट चरणमा पनि पहिलो खेल जितेको हो ।