युरोकप २०२० मा अन्तिम १६ बाट जर्मनी बाहिरिएपछि प्रशिक्षक योकिम लो पनि बिदा हुँदै

१६ असार, काठमाडौं । विश्व च्याम्पियन जर्मनी युरोकप २०२० मा अन्तिम १६ बाट बाहिरिएपछि प्रशिक्षक योकिम लो पनि जर्मनीको प्रशिक्षकबाट बिदा हुँदै
छन् । युरोकप पछि नै हान्सी फ्लिक जर्मनीको नयाँ प्रशिक्षक बन्ने यसअघिनै सम्झौता भइसकेको छ ।

डेढ दर्शक जर्मनीको प्रशिक्षक रहेका लो ले यसअघि नै युरोकपपछि जर्मनीको प्रशिक्षक छाड्ने घोषणा गरिसकेका
थिए ।

ग्रुप अफ डेथ मा रहेको जर्मनी समूह एफ मा दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

तर इंग्ल्याण्डसँग २(० ले पराजित हुँदै जर्मनी अन्तिम १६ बाटै घर फर्कियो । यस हारपछि योकिम लो को जर्मनीसँग १५ वर्षको प्रशिक्षक करियर पनि समाप्त भएको छ । तर उनको बिदाइ सुदख बन्न सकेन ।

चौथो पटक युरोकपको पाधि जित्ने जर्मनीको लक्ष्य यस पटक अधुरै रह्यो ।

युरो २०२० मा चार खेल्दा जर्मनी जम्मा एक खेल जित्यो भने दुई खेल हार्‍यो । एक खेल बराबरी खेलेको थियो ।

समूहको पहिलो खेलमै जर्मनी फ्रान्ससँग १(० ले पराजित भयो । दोस्रो खेलमा साविक विजेता पोर्चुगललाई ४(२ ले पराजित गरको जर्मनीले तेस्रो खेलमा हंगेरीसँग २(२ को बराबरी खेलेको थियो ।

सन् २००४ देखि २००६ सम्म जर्मनीको सहायक प्रशिक्षक हरेका योकिम लो जर्गेन क्लिन्समानले सम्झौता नवीकरण नगरेपछि सन् २००६ जुलाईमा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि उनले २००८ को युरो कप जित्ने लक्ष्य बनाएका थिए।