विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला बरियतामा नेपालले एक स्थान शीर्ष १०० भित्र

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला बरियतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दे शीर्ष १०० भित्र अटाएको हो।

अघिल्लो पटकको बरियतामा नेपाल १ सय १औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औं स्थानमा रहेको छ।

त्यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ। यस्तै नेपालभन्दा पछि रहेका मुलुकहरूमा १३७ बंगलादेश, १४३ श्रीलंका, १४४ माल्दिभ्स र १६१ भुटान छन्।

विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो , नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा रहेका छन्। त्यस्तै इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन्।

महिला टोलीले भदौमा घरेलु मैदानमा हुने एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु खेल्दैछ एएफसीले विहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन्।