मेलम्ची बजारको तीन तले घर इन्द्रावती नदीमा आज बिहान आएको बाढीले बगायो

सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण मेलम्ची प्रहरीले जानकारी दिएको छ।

आज बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा पानी परिरहेपछि बढेको इन्द्रावतीले मेलम्ची बजारमा रहेको गोपाल दुलालको तीन तले घर शनिबार बिहान बगाएको हो।