बोलिभियालाई ३=१ ले पराजित गर्दै विजयी

१ असार, काठमाडौं । ४७औं संस्करणको कोपा अमेरिकामा पाराग्वेले आज बिहान सम्पन्न समूह ए को ब्राजिलमा भइरहेको खेलमा १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । ।

खेलको १०औं मिनेटमै एर्विन साभेद्रले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा जाउमे कुएलर दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलिभिया खेलाडीमा समेटियो ।

त्यसको फाइदा उठाउदै पाराग्वेल अन्तिम ३० मिनेटमा ३ गोल गर्‍यो । ६२औं मिनेटमा अलेजान्ड्रो रोमेरोले पाराग्वेका लागि बराबरी गोल फर्काए । एन्जल रोमेरोले ६५औं र ८०औं मिनेटमा गोल गरेपछि पाराग्वेले जित हात पारेको हो ।

जितपछि पाराग्वे समूह ए मा ३ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा अर्जेन्टिना र चिलीले १(१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।