अर्जेन्टिना चिलीसंग समान बराबरीमा रोकियो

१ असार, काठमाडौं । ४७औं संस्करणको कोपा अमेरिकामा पाराग्वेले आज बिहान सम्पन्न ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा कोपा अमेरिका कपको उपाधि दाबेदार अर्जेन्टिनाले चिलीसँग १(१ को बराबरी खेलेको छ ।

अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले गोल गरे भने चिलीका एडुवार्डो भर्गासले गोल फर्काए ।

खेलको ३३औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३औं अन्तर्राष्ट्रिय गोल हो ।

५८औं मिनेटमा एडुवार्डो भेर्गासले चिलीका लागि बराबरी गोल फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि त्यसैमा आएको रिबाउन्ड बलमा भिडालले गोल गरेका हुन् ।

बराबरीपछि समूह ए मा अर्जेन्टिना र चिलीले समान १ अंक जोडेका छन् ।