बिहीबार पनि बढ्यो सुन र चाँदीको भाउ

२० जेठ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा आज सुनको मूल्य ९५ हजार नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।यता चाँदीको मूल्य भने हिजोको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३७५ रुपैयाँ कायम भएको छ ।