चिकित्सक डा. पशुपति रजौरियाको कोरोना संक्रमणबाट मृत्यु

२० जेठ, बटवल । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको हो ।

कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा हिजो राति मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङका अनुसार डा. रजौरियाकी श्रीमती डा. हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।डा. बानु भने कोरोना संक्रमणमुक्त भइसकेकी गुरुङले बताए ।