चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल

पोर्टोमा भएको फाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । खेलमा काइ हाभर्टजको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफको ४२ औँ मिनेटमा मेसन माउन्टको पासमा हाभर्टजले सिटीका गोलकिपर एडर्सनलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए।

बार्सिलोनाका पूर्व प्रशिक्षकले फर्नान्डिन्हो र रोड्रीलाई बेञ्चमा राख्दै आक्रामक लाइनअपलाई मैदानमा उतारेका थिए । तर, उनीहरुको अनुपस्थितिमा टोलीले मिडफिल्डमा नियन्त्रण जमाउन सकेन ।

यता, गत सिजन पेरिस सेन्ट जर्मेनको नेतृत्व सम्हाल्दा फाइनल गुमाएका थोमल टुकलले भने यो सिजन चेल्सीलाई सन् २०१२ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् ।