बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा भने उनले आशंका

शेखर गोल्छा

१५ जेठ, काठमाडौं । सरकारले ल्याएको बजेट बारे प्रतिक्रिया दिने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०७८÷७० को बजेटबारे प्रतिक्रिया दिदै अप्ठेरो अवस्थामा आएको बजेट भएका कारण यत्तिको बजेटलाई राम्रै मान्नु पर्ने बताए ।

निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि अप्ठेरो अवस्थामा आएका कारण नराम्रो भन्न नसकिने उनको भनाई छ । ‘हामीले जुनबेला सुझाव दिएका थियौं, त्यसबेला यस्तो अवस्था थिएन’ उनले भने, ‘यो सरकार चुनावी सरकार वा विषे परिस्थितिको सरकार हो, बेलामा धेरै अपेक्षा गर्न सक्ने पनि कुरा भएन, यो बजेट समग्रमा राम्रो छ ।

बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा भने उनले आशंका गरे । विगतका बजेटहरुमा पनि राम्रो आए पनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै उनले यस वर्ष पनि फरक नहुने बताए । ‘विगतका वर्षमा देखिदै आएको समस्या हो कार्यान्वयनको, यो समस्या यस वर्ष पनि यथावतै रहन्छ ।