हामी १२ बजेभित्रै निकास दिन्छौ

महन्थ ठाकुर

७ जेठ, काठमाडौं । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिएर सोझै संविधानको धारा ७६ (५) अनुसार राष्ट्पतिले नयां सरकारका लागि दलहरुलाई आज ५ बजे सम्मका लागि समय दिएपछि नयां सरकार निर्माणमा रुमलिएको नेपाली राजनीतिमा सत्ताको प्रमुख सांचो रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले निकास दिने दाबी गरेका छन् ।

सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफल हुने र त्यसपछि हामी निकास दिन्छौं भनेका थिए ।