Breaking News

सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने कांग्रसको निर्णय

७ जेठ, काठमाडौं । कांग्रेस सभापति देउवा निवासमा बिहान बसेर भरखर नै सकिएको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ । र, सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ ।

बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।

संविधानको मर्म र भावनालाई कुल्चने प्रवृत्तिलाई रोक्न सबै दलसँग छलफल गर्ने कांग्रेसले बताएको छ । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।