राष्ट्र बैंकको नीति विपरीत महामालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित

५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निषाधाज्ञज्ञ अवधिभर बैंक तथा बित्तिय संस्थाहरुले आफ्ना ग्राहक तथा ऋणीबाट ब्याज र पेनाल्टी, जरिवाना लगायतका अतिरिक्त शुल्क ऋणीबाट असुल नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
पालना नगरी राष्ट्र बैंकको नीति विपरीत महामालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेको छ । कोरोना महामारीका कारण ऋणीहरु समस्यामा रहेको हुनसक्ने भन्दै राष्ट्र बैंकले यतिमात्रै होइन मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको पनि एक महिनासम्म ऋणीको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना ननिकाल्न भनेको छ । तर, राष्ट्र बैंकले यस्तो नीति लिएको २४ घण्टा पनि वित्न नपाउँदै महालक्ष्मी विकास बैंकले ऋणीहरुको सम्पत्ति लिलामी गन सार्वजनिक सूचना निकालेको छ ।

आज महालक्ष्मीले विजनेश टर्म र बिजनेस ओडी ऋण लिएको हेटौंडाको एमएसबी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र गिता पश्मिना उद्योग सञ्चालकहरुको फोटो समेत टासेर लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना निकालेको छ । घर जग्गा लिलामीमा सहभागी हुन सिलबन्दी बोलपत्र समेत बैंकले आह्वान गरेको छ ।

महालक्ष्मीले बुधबार नै करिब २ दर्जनको फोटो सहितको विवरण टासेर कर्जा चुक्ता गर्न ३५ दिने सूचना समेत निकालेको छ । बैंकको बिर्तामोड, डडेल्धुरा, लम्की लगायतका शाखाहरुबाट ऋण लिनेहरुका नाममा ३५ दिने सूचना निकाल्दै समयसीमा भित्र चुक्ता नगरे धितो लिलाम हुने चेतावनी दिएको छ ।
राष्ट्र बैंकको नीति मंगलबार मात्रै सार्वजनिक भएको तर बैंकको तयारी अगाडिकै भएका कारण बुधबार लिलामीको सूचना निकालिएको बंकले बताएको छ ।

‘राष्ट्र बैंकले हिजोमात्रै भनेको हो, हाम्रो पहिलेकै तयारी भएर आज प्रकाशित भएको हो,’ उनले भने ।