५ जेठ, काठमाडौं । सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छुट गरेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छुट दिइएको हो ।
यसरी भन्सार महसुल छुटमा आएका औषधि उद्देश्यअनुसार प्रयोग भए नभएको र प्रदान गरिएको राजस्व छुट अनुसार रकम उपभोक्ताले मूल्यमा समायोजन पाए नभएको अनुगमन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाक्षिक रुपमा गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय समेत अर्थ मन्त्रालयले जानकारी गराएका थिए ।
यसअघि अर्थले अक्सिजन सिलिण्डरसहितका मेडिकल सामग्री आयातमा समेत भन्सार छुट गर्ने निर्णय गरेको भएको थियो ।