इन्टरलाई हराएपछि च्याम्पियन्स लिग खेल्ने युभेन्टस्को संभावना कायम

उपाधि पक्का गरिसकेको इन्टर मिलानलाई हराउँदै साबिक विजेता युभेन्टस्ले इटालियन सिरिए फुटबलको शीर्ष चारमा छनोट हुने संभावना कायमै राखेकोे छ । युभेन्टस्ले ३–२ को जित हात पारेको हो ।
च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राख्न युभेन्टस्ले यो खेल जित्नैपर्ने थियो ।

क्रिष्टियानो रोनाल्डोले खेलको २४ औं मिनेटमै युभेन्टस्लाई अग्रता दिलाएका थिए । ३५ औ मिनेटमा रोमेलु लुकाकुले युभेन्टस्बाट पेनाल्टीमार्फत बराबरी गोल फर्काए । इन्जुरी समयमा जुवान क्वाडराडोले गोल गरेपछि युभेन्टस्ले २–१ को अग्रता लियो । तर ५५ औं मिनेटमा रोड्रियो बेन्टानकरले रातो कार्ड खाएपछि युभेन्टस् दबाबमा प¥यो ।

८३ औं मिनेटमा जर्जियो चेल्लिीनीले आत्मघाती गोल गर्दा उसले अग्रता पनि गुमायो । तर, क्वाडराडोले ८८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि १० खेलाडीमा सिमित युभेन्टस्ले फेरि अग्रता लियो । तनावपूर्ण खेलको अन्त्यमा इन्टरका मार्सेलो ब्रोजोभिकले पनि रातो कार्ड खाएका थिए ।

युभेन्टस्ले लिगमा अन्तिम एक खेल खेल्न बाँकी छँदा ७५ अंक बटुलेको छ । लिगको दोस्रो स्थानमा रहेको एटलान्टाको ७८ अंक, तेस्रो स्थानमा रहेको मिलानको ७५ अंक र पाँचौ स्थानमा रहेको नापोलीको ७३ अंक छ । तर, नापोली र मिलानले लिगमा अझै दुई खेल खेल्न बाँकी छ । त्यसैकारण पनि च्याम्पियन्स लिगमा छनोट हुन् युभेन्टस्ले आफुले जितेर मात्रै पुग्दैन, अन्य क्लबहरु पनि हारेको हुनुपर्छ ।