महोत्तरीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

२ जेठ, जनकपुरधाम । महोत्तरीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान उनीहरुको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष, गौशाला नगरपालिकाका वडा नम्बर ४ का ४० वर्षीय पुरूष र सम्सी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

औरहीका पुरुषमा बैशाख ३० गते, गौशालाका पुरुषमा बैशाख २८ गते र सम्सीका पुरुषमा जेठ १ गते कोरोना संक्रमण देखिएको थियो ।
औरहीका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाम, गौशालाका पुरुषको स्थानीय आइसोलेसनमा र औरहीका पुरुषको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन प्रतिभा सिंहले बताए ।