Breaking News

जलेश्वरबाट दुई शहीदको शालिक चोरीे

 

२२ माघ, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक बुधबार राति चोरी भएको छ । मधेश आन्दोलन २०७२र७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
वडा नं ११ र वडा नं ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५र७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा (शालिक) बिहीबार बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताए ।वडाध्यक्ष यादवले गएराति ११र१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलास भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।