Breaking News

सुर्खेतमा आन्दोलनकारीको कुटपीटबाट एक जना घाइते

 

२२ सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको बिरेन्द्रनगर सुर्खेतमा आज (नेकपा) को माधव–प्रचण्ड समूहले आह्वान गरेको आमहड्तालका क्रममा बन्द उलंघन गरेको भन्दै एक सर्वसाधारणमाथि कुटपिट भएको छ । आन्दोलनकारीको एक समूहले स्थानीय इगरब्रीज बोर्डिङ स्कुल नजिकै सर्वसाधारणालाइ कुटपिट गरेका हुन् ।
दैलेखको भैरवी गाउँपालिका –१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाएका हुन् । विष्ट मोटरसाइकलमा सवार थिए । एयरपोर्ट चोकदेखि बजारतर्फ अत्यावश्यक काममा हिँडिरहेको बेला आन्दालनकारीले मोटरसाइकल रोकेर कुटपिट गरेको विष्टले जानकारी दिए ।
उनको मुख, हात र ढाडमा चोट लागेको छ भने विष्टले लगाएको ज्याकेट समेत च्यातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न आन्दोलनकारीको खोजी भैरहेको जानकारी दिए ।