Breaking News

सेनामा सेकेन्ड लेफ्टिनेन्ट को लागि जाखिर खुल्यो आजैदेखि दरखास्त खुला

२२ माघ, काठमाण्डौ । नेपाली सेनामा अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को जागिर खुलेको छ । यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना खोलेको हो ।

सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो ।
खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी, १४ दलित, ५ अमर सैनिक सन्तति र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।

आजैदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।