२२ माघ,काठमाण्डौ । नेकपा प्रचण्डमाधव समूहले आज गरेको घोषित आम हड्ताल सफल बनाउन नेकपा अध्यक्ष (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् ।
प्रचण्ड(नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।
हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।