२० माघ,काठमाण्डौ । नेपाल प्रचण्ड–माधव समूह ले भोलिका लागि गरेको देशव्यापी आमहड्ताल को पूर्वसन्ध्यामा आज बेलुका सो निकटको अनेरास्ववियूले काठमाडौंमा मशाल जुलुस निकालेको छ ।
आज सरकारले संवैधानिक नियकाका प्रमुखहरुको सफद खुआएको थियो भने नेकपाले यस्तैको असंबैधानिक कदमका बिरुद्धमा भोलि आमहड्ताल गरिएको बताएको छ ।
बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।