सामसुङको एस२१ सिरिज खरिद गरे निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा सानिमा बैंक द्धारा मासिक किस्ताबन्दी (ईएमआई) को व्यवस्था

१८ माघ, काठमाण्डौ । सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई)को व्यवस्था गरेको छ ।

यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आईएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ ।

कम्पनीले ग्राहकहरुका लागि शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क ईएमआई प्रशासनिक शुल्क र सामसुङ्गको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरेको छ ।
सामसुङ एस२१ सिरिजको प्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गतेबाट उपलब्ध हुने अपेक्षा गरिएको छ । ग्राहकहरुले आईएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्सका विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् ।

सानिमा बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ ।