१८ माघ, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना भए ओली पक्षमा लागेका २० सांसदले आफूहरुलाई साथ दिने बताएका छन् ।
आइतबार आफ्नो समूह निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति लगाएर नेता कार्यकर्तालाई आफूतिर तान्ने कोसिस गरेको बताए ।
सतिसाल झै दृढताका साथ उभिने, विरोधी खेमामा सड्नेसँगै कहिले यता त कहिले उता गर्ने मानिसहरु पनि पार्टीमा रहेको भन्दै उनले राम्रा मान्छेहरुलाई तान्ने प्रयास गर्नुपर्ने बताए । नेता नेपालले अघि भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भने हामी २० जना साथ दिन तयार छौं भनेका छन् । ’
थुप्रै नेता कार्यकर्ताले ओली पक्षले देखाएको प्रस्ताव अस्वीकार गरेको उनले सुनाए ।