तोलामा ८०० घट्दै सुन ९२२०० मा किनबेच

२७ पुस, काठमाण्डौ । नेपालीको सुन बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर आज सोमबार तोलामा ८०० घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै सोमबार तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२३० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।