प्रिय भाइ शक्क उठन ! तिमीले हामीलाई छाडेर जान सक्दैनौ ?

प्रिय भाइ मलाई विश्वास नै छैन !

तिमिले यो संसार छोडेर गयौं भन्ने ! म कसरी पत्याऔं तिमि भाइटिका लगाउन जाँदै गर्दा खुट्टा लडबडिएर खोलामा खस्न पुग्यौ भन्ने खबर ! खै ? म स्वीकारर्न सक्दिन । तिमि त्यही घटनाले स्वर्गबास भयौ भनेर । अँहं म मान्दिन ! तिमी मेरो आँखा वरीपरी नै देखिन्छौं । अनि म कसरी पत्यार मानु । तिमी संसारमा छैनौं भन्ने खबरले ।

आज भाइटिका हो । तिमी दिदिबहिनीको हातबाट टिका थाप्न गएका छौं । पक्कै नै भोलि घरमा आउँछौं । म कत्ति पनि विश्वास मान्दिन तिमी हिड्दा हिड्दै लड्यौ भनेर । तिमी बाटोमा हिड्दै छौं, तिमीलाई दिदिबहिनीले घरमा सप्तरङगी टिका लगाउन, गलामा सयपत्री फुलको माला पहिराउन र तेलमा पकाइराखेको सेल रोटी खुवाउन स्वागत गर्ने तरखरमा छन्। तिमी त्यस्तो घटनामा परेका नै छैनौ । अँहं म मान्दिन तिमी कुसलै छौं । यो संसारलाई छोडेका छैनौ । त्यसमा पनि दिदिबहिनीले तिमीलाई भाइटिका लगाउन तिम्रो बाटो पर्खिरहेकी छन् । तिमी कतै जान सक्दैनौ । प्रिय भाइ सक्क !

प्रिय भाइ, म कसरी सम्हालिन सकु, तिमी कलिलै उमेरमा यो दूनियाँलाई छोडेर गयौं भनेर । म तिमीलाई हर पटक सम्झिरहेको छु मनस्पटलमा र आँखामा झलझल्ति । गोरोगोरो, होचोहोचो, तोतेबोली जस्तै बोल्ने, खैरो टाउजर, कालो चेन नभएको ज्याकेट, मैलो र हल्का प्वाल परेको भित्रपट्टी टिसर्ट, खैरो र झिरर परेको कपाल र खाली खुट्टामा मेरो सामु आएर दाजु ढोक छ भनेर मेरो अगाडी शिर निहुँराएर आदर र सदकार गरेको त्यो दिन म भरखर नै जस्तो लागिरहेको छ, आँखा अगाडी घुमिरहेको छ, प्रिय भाई शक्क ! म तिमि स्वर्गवास भएको कदापी मान्दिन ।

त्यति नबोल्ने, एकसरो आफ्नो काममा खटिने र दाजुभाइ र घरपरिवारको सदैव रक्षात्मक भूमिका खेल्ने तिमी कसरी त्यो जिम्मेवारीबाट टाढा हुन सक्छौ । अँहं म मान्दिन तिमी ज्यूदै छौ । हामीबाट टाढा हुन सक्दैनौ । प्रिय भाइ घरपरिवारको रक्षात्मक जिम्मेवारी अरु कसैले पनि सम्हाल्न सक्दैनन् तिमी नै चाहिन्छ कदपी टाढा हुन नखोज, म त्यसो हुन पनि दिन्न र स्वीकारर्न पनि सक्दिन । घरपरिवार, दाजुभाइ र दिदीबहिनीको मुटुको बिचमा बस्न सफल तिमी कसरी हामीबाट टाढा हुन सक्छौ ? अँहं सक्दैनौ !  मितीलाई दैवले हामीबाट चुटाएर लिन सक्दैनन् । हामी तिमीलाई जान पनि दिंदैनौं । गाउँ, समाजको आँखाको नानी भएका तिमी आज कसरी सारा गाउँका मान्छेबाट कसरी टाढा हुन सक्छौं । प्रिय भाइ कदापी सक्दैनौं । तिमी कता लुकेका छौं, कता बसेका छौं, कता भुलेका छौं, कता हिड्दै छौं । छिटो आऊ हामी तिम्रो प्रतिक्षामा बसिरहेका छौं ।

घरमा सा–साना बाबुनानीहरु बाबा कतिखेर आउनु हुन्छ भनेर बाबा बाबा भनेर घरको आँगनीबाट बोलाइरहेका छन् । तिम्री अर्थनङ्गी (श्रीमती) तिमी कति खेर घरमा आउनुहुन्छ भनेर खाना पकाई भोको पेटमा तिमीसँगै खाने आसमा बसिरहेकी छन् तर तिमी कहाँ छौं, किन बोल्दैनौ, किन चुपचाप निधाएर बसेका छौं, किन उठ्दैनौ । प्रिय भाइ उठन ! हामी तिम्रो प्रतिक्षामा नै छौं कतिखेर टुप्लुक्क घर आँगनीमा आउँछौ भनेर ।

बिधुवा आमा रोइरहेकी छन्, किन एकोहोरो हेरेर मात्र सुतेका छौं, आमाको माया लाग्दैनर ? हामी सम्हालिन नै सकेका छैनौ, तिमी यति चाँडै भागवानको घरमा जान सक्दैनौ, हामीलाई पत्यार नै लाग्दैन । तिमी हामीबाट टाढाटाढा गयौ भनेर । हामीले तिम्रो के काम बिगारेका थियौ, तिमीलाई के कुरामा चित्त बुझेको थिएन, यदि त्यसो हो भने किन हामीलाई भनेनौं, घरपपरिवार, दाजुभाई, दिदीबहिनी र समाजलाई छोडेर किन जान खोज्यौं । तर म कदापी पनि मान्दिन तिमी हामीलाई छोडेर जान सक्छौै भनेर । प्रिय भाइ तिमी भाइटिका लगाएर छिटै आऊ है हामी पर्खिरहेका छौ ।

प्रिय भाइ शक्क ! तिमीले बोलेका, हिडेका, सँगै खेलेका, लुकामारी गरेर खेलेका, वनमा बाख्रा चराउन गएको, दाउरा लिन जंगलमा गएको, कवा पिपल चिउरीमा सँगै खेलेका सबै हर्कतहरु मेरा आँखा अगाडी छछल्किरहेका छन्, मनका भावना भक्कानी रहेका छन्, शरीर कापी रहेको छ, मनले ठम्माउन सकिरहेको छैन तिमी स्वर्गबास भयौ भनेर, प्रिय भाई शक्क । तिमी दिदीबहिनीको हातबाट भाइटिका थाप्न जाँदै छौं भोलि त पक्कै घरमा आउने छौं । मेरो मनले त्यही भनिरहेको छ ।

दैव पनि कति पापी र निष्ठुरी रहेछौं । २९ वर्षे कलिलै उमेरमा मेरो प्रिय भाइ शक्कलाई आफ्नो पासमा लिन पुग्यौं । घरमा तोते बोल्ने ति नावाबालबालिका बाबा भनेर रोइरहेकाछन्, भरखरकै कलिलो जावनीमा नै एक नारीलाई बिधवा बनायौं, सदैव छोराकै नाम जपिरहने बिधुवा आमालाई फेरि पनि पीडामा पीडा थपेर एक्लोे पन बनाएर किन लग्यौै मेरो प्रिय भाइलाई । दाजुभाइ, दिदीबहिनीको आस्था र सुरक्षात्मक भरोसाका खम्बा थिए उनी किन रिस मानेर हामीबाट खोसेर लगी हाम्रो सुरक्षात्मक शक्ति किन कमजोर पार्यौं । गाउँ र समाजको सामाजिक कार्यमा अग्रसर हुने जो व्यक्तिलाई केमा रिस उठेर समाजबाट अलग गराउन खोज्यौं ।

आज घरपरिवार, दाजुभाइ, दिदीबहिनी, गाउँ र समाजमा तिम्रो अभावको खट्को बनाएर तिमी किन विलप भयौं । प्रिय भाइ शक्क !

प्रिय भाइ । म कति एकोहोरो बोलु ! एक छिनका लागि भए पनि उठन, केही बोलन, म यस कारणले तपाईहरुबाट टाढा हुन लाग्दै छु भनेर जाऊ न भाइ । आखिर तिमीले छोडेर किन जान खोज्दै छौं ।

तिमी सुत्ने त्यो ओछ्यान, तिमी बस्ने त्यो कुर्चि र घर, तिमीले व्यापार गर्ने त्यो पसल तिम्रो प्रतिक्षामा बसिरहेको छ, अनि तिम्रो पसलमा आउने ग्राहक पनि तिमी कति खेर आउछौ भनेर पर्खिरहेका छन् । तर तिमी किन हराउन खोज्दैछौं, किन बेखबर हुन खोज्दै छौं, किन टाढाटाढा हुन खोज्दै छौं । अँहं म मान्दिन तिमी आउनै पर्छ तिम्रो अभावको खाँचो छ प्रिय भाइ ।

दाम्लोमा बाँधिएका गाइवस्तुले पनि तिमीलाई खोजेर बाँ बाँ र ड्वा ड्वा गरिरहेका छन् ति घरपालुका जनावरले पनि तिम्रो अभावको आभास गरिरहेका छन् । प्रिय भाइ शक्क झट्टै आऊ है ! हामी तिम्रो आगमनको उज्यालो खोजिरहेका छौं ।

कति कठोर मन तिम्रो, कति रुखो मन तिम्रो, आफू त गयौं, गयौं, बाँच्नेहरुलाई पनि शान्तिले बस्न नसकिने गरी किन यसो गर्यौं । शरीरमा कुनै रोग, मनमा कुनै चिन्ता, उमेरमा कलिलै, व्यवहारमा भलादमी, परिवारमा रक्षात्मक रहने तिमी मा के शक्ति देखेर परमेश्वरले टपक्कै टिपेर लग्नु भयो हाम्रो माझबाट ।

प्रिय भाइ तिमी जसरी पनि फुत्केर आउ है । हामी तिम्रै प्रतिक्षामा बसेका छौं । तिमी आउने आसमा कुरेका
छौं । तिमी भाइटिका लगाउन गएका हौं । त्यसैले भोलि पक्कै नै आउछौ भन्ने आशमा छौं ।