अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच २ घन्टा भेटवार्ता

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सम्पन्न भएको छ । आज साँझ करिव पौने ६ बजे शीतलनिवास छिरेका प्रचण्ड पौने ८ बजे शीतलनिवासबाट बाहिरिएका थिए ।

प्रचण्डले त्यहाँ करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सत्तारुढ दलमा बढेको विवादप्रति जिज्ञासा र चासो राखेको बुझिएको छ ।

राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै दुबै अध्यक्षलाई मिलेर जान सुझाव दिएकी थिइन् ।

प्रचण्डले भने छोटोमा आफ्नो बिषयबस्तु राखेको बाताइएको छ ।

नेकपा विवाद उत्कर्षमा रहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको
छ ।