तिम्रो याद

कविता

धेरै दिन भो तिम्ले बाटो बिरायौ
याद मात्रै छोडेर कता हरायौं
व्यर्थै म तिम्रो, तिमी मेरी भइछ्यौं
कमलो मेरो दिल कुल्चेर गइछ्यौ
बिर्षन तिमिलाई कति गाह्रो भा’ को
तिम्रो माया पनि कति साह्रो ला’ को
धेरै दिन भयो………….

मलाई घाइते तुल्याएर गयौं
मुटुमै तिखो वाण रोपेर गयौ
नसोच्नू जीवन भाग्यकै खेल हो
यो त केवल अनौठो जेल हो
यो त केवल अनौठो जेल हो
धेरै दिन भयो………….