मरिजाने जिन्दगीमा

कविता

दुई दिनको जिन्दगीमा, किन मेरो किन तेरो, 
सम्बन्ध गाँसेपछि, रहिरहनु सागर भन्दा गहिरो  ।

मनमा पाप छैन, स्वरमा कुनै राप, 
दुई दिनको जवानीमा किन सोच्छौ पाप ।

हाँसी,खुशी र मित्रता त्यही नै हो सम्बन्ध,
मरिजाने जीवनीमा किन गर्नु घमण्ड ।

कहिले माथि, कहिले तल, बोलिरहने मेरो तनमन,
गल्ति नै थियो भने अरुलाई होइन मलाई नै भन ।

दुःख के हो, सुःख के हो मेरो मलाई थाहा छ, 
बेकारर्थमा किन आज मनभित्र जलिराछ ।

भुल्न खोज्छु ति अतितका पलहरु सक्दिन पनि, 
भन्न खोज्छु सक्दिन पनि उसैको मन रोला भनि
सोध्न खोज्छु सक्दिन पनि कतै………………?