कविता
धेरै भयो सम्झनामा याद मेटिएन
कति यसै टोलाईरहूँ साथ भेटिएन
भिजिसके परेली आँसु रोकिएन
छातीभित्रै दुखिरह्यो घाउ भेटिएन
कता कता बरालिएँ आशा पलाएन
परदेशको ठाउँमा न्यानो बास पाइएन
धेरै भयो……………
धेरै भयो नदेखेको टाढा गयौ कि
दोबाटोमा कुरिरहें बाटो फेर्यौ कि
रातभरी जागिरहें धोको मेट्नै पाइन
झझल्को चाहिँ आइरह्यो भेट्नै पाइन
धेरै भयो……………
हाल : सानो भर्याङ, काठमाण्डौ