Breaking News

महिला पत्रकार कैलाली जंगलमा मृत फेला

२ असोज, कैलाली । कैलालीमा कार्यरत एक जना पत्रकार मृत फेला परेकी छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर–४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

उनी सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन् ।

प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन् । प्रहरीले घटनास्थलमा पुगेर शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी गरिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।